हाम्रो स्कुलको इतिहास

हाम्रो स्ुकल सन् २००७ (बि.स.२०६४) मा हामीले नेपालको मध्यपश्चिम भागमा ख्रिष्ट्रिय ज्योती तालिमको सुरुवात गरेको थियौ । हाम्रो उद्देश्य र मिशन पुरा गर्नका लागि र नयाँ चर्चहरु रोपण गर्नका लागि र स्थानीय चर्चका अगुवाहरुलाई तयार गर्न हामीले पाँच महिनाको मिशेनरी अगुवापन प्रशिक्षण सुरु गर्‍यौ ।

 पहिले हामीले लगभग चार वर्षका लागि भाडामा हाम्रो तालिम चलाएका थियौ । क्यानेडियन मिशृेनरीको घरमा चलाएका थियौ । उहाँ लगभग दुई दशक सम्म मण्डली रोपण सेवामा हुनुहुन्थ्यो । परमेश्वरले हामीलाई मिशेनरी स्टीभ रेग्नल सर सँग जोड्ने मौका दिनुभयो । उहाँसग आफनै जग्गा र भवन थियो । र उहाँले हामीलाई बाइबल स्कुल चलाउन भवन दिनुभयो ।

सन् २०१५ (२०७२) मा सुर्खेत क्षेत्रमा ठुलो बाढी आयो । र धेरै मानिसहरुले आफनो जीवन र सम्पतीहरु गुमाउनु पर्‍यो । त्यही समयमा हाम्रो बाइबल स्कुल भवन पनि पुणर् रुपमा डुबानमा पर्‍यो । र हाम्रो सबै सामानहरु हामीले गुमायौ । त्यसपछि हामीले होसन्ना मण्डली गुमीमा दुई वर्षका लागि तालिम चलायौ । गुमी भन्ने ठाउँ सुर्खेत बिरेन्द्रनगरदेखि पुर्वमा १ घण्टाको यात्रा दुरीमा छ ।

  हामीहरु निरन्तर बाइबल स्कुलको जग्गा र भवनको लागि प्रार्थना गरिरहेका थियौ । अचम्म तरिकाबाट परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो । र परमेश्वरले बाइबल स्कुलको लागि जग्गा र भवन जुटाइदिनुभयो । सिंगापुर र क्यानडाका मिशेनरीहरु बाट हाम्रो बाइबल स्ुकलको लागि सहायता पायौ । उहाँहरुले परमेश्वरको राज्यप्रतिको प्रेम देखाएर हामीलाई सहायता गर्नुभयो ।

 हाल हामीहरुले एक वर्षमा दुइवटा तालिमहरु सञ्चालन गर्दै आइरहेका छौ । पाँच महिनाको मिशेनरी अगुवापन तालिम र ४५ दिने चेलापन तालिम ४५ दिने तालिम विशेष गरेर जवान भाईबहिनीहरुका लागि होे । हाम्रो बाइबल स्ुकलबाट दिक्षान्तित विद्यार्थीहरुले धेरै ठाउँहरुमा मण्डली स्थापित गर्नुभएको छ । र उहाँहरु पुणर्कालीन सेवामा हुनुहुृन्छ ।

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.